नारायणी किनारमा प्रत्येक साँझ रक्तदान
ratopati.com · Sun Aug 16 18:59:45 GMT 2026

चितवन । नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपख हुने चहलपहलसँगै मानव सेवाको अर्को गतिविधि पनि देखिन थालेको छ । यहाँ हरेक साँझ सञ्चालन हुँदै आएको रक्तदान अभियानमार्फत नियमित रूपमा रगत सङ्कलन भइरहेको छ ।
साँझको समयमा नदी किनारमा रहेको चौतारीको छेउमा सानो पाल टाँगेर सञ्चालन गरिने अभियानमा स्वास्थ्य प्राविधिकले रक्तदाताको स्वास्थ्य परीक्षण गरी रगत सङ्कलन गरिरहेका हुन्छन् । नारायणी किनारमा घुम्न आउने सर्वसाधारण स्वतःस्फूर्त रूपमा रक्तदानमा सहभागी हुने गरेका छन् । दैनिक साँझ यहाँ रक्तदानका लागि सर्वसाधारणको उत्साहजनक सहभागिता हुने अभियानका संयोजक राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)