तरकारी खेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
ratopati.com · Sun Aug 16 20:38:56 GMT 2026

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मोतिपुर तरकारीखेतीका हिसाबले आफैँमा उत्तम ठाउँ हो । सिँचाइका लागि पानीको सहज उपलब्धता छँदै थियो । मिहिनेती किसान, बजारको सहज उपलब्धता भए पनि यहाँका किसानले तरकारी खेती गर्न थालेको भने धेरै लामो समय भएको छैन ।
उचित सिँचाइ, मलिलो माटो भए पनि तरकारी खेती गर्नुपर्छ भन्ने कुरा धेरैपछि मात्रै थाहा भयो । जब त्यहाँ सरकारी निकाय तथा विभिन्न सङ्घसंस्थाले तरकारीखेतीका लागि प्रशिक्षण दिए, त्यसपछि व्यावसायिक रूपमा खेती सुरु भएको स्थानीय यज्ञ खत्री स्मरण गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)