कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा
ratopati.com · Sun Aug 16 23:29:27 GMT 2026

सुनसरी । कोशी गाउँपालिका–८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आएकी छिन् । जङ्गलबाट निगुरो खोजेर ल्याई बिक्री गर्दा लगानी आवश्यक नपर्ने भएकाले राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ ।
थोरै समय खर्च गरेर राम्रै आम्दानी गर्न सकिन्छ । दैनिक हामी श्रीमान् श्रीमती कोशीटप्पु गएर निगुरो खोजेर ल्याउँछौँ । “यहाँबाट व्यापारीले खरिद गरेर काठमाडौँ पठाउँछन्”, उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)