तालिबान शासनको ५ वर्ष: महिला माथी कडा प्रतिबन्ध, किशोरीलाई शिक्षाबाट वञ्चित
kendrabindu.com · Mon Aug 17 00:41:35 GMT 2026
काबुल ।अफगानिस्तानमा तालिबानले पुनः सत्ता सम्हालेको पाँच वर्ष पूरा भएको छ। काबुलका केही बासिन्दाले दशकौं लामो द्वन्द्व र उथलपुथलपछि अहिले आफूहरूले सडकमा बढी सुरक्षित महसुस गरेको बताएका छन्। तर उनीहरू अब सरकारले रोजगारी सिर्जना र विद्यालयमा पहुँच विस्तारमा ध्यान दिनुपर्ने बताउँछन्। अफगानिस्तानमा १२ वर्षभन्दा माथिका किशोरीलाई शिक्षाबाट वञ्चित गरिएको छ।
अमेरिका र अन्य नेटो सैनिक दुई दशक लामो युद्धपछि फिर्ता हुन थालेपछि तालिबानले आफ्नो आक्रमण तीव्र बनाएर १५ अगस्ट २०२१ मा अफगानिस्तानमाथि पुनः नियन्त्रण कायम गरेको थियो। सैनिक फिर्तीका क्रममा काबुल विमानस्थल र आसपास हजारौं मानिस देश छाड्न खोज्दा अराजक दृश्य देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)