यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
corporatenepal.com · Mon Aug 17 00:45:59 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ३९ पैसा र बिक्रीदर १५२ रुपियाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ २८ पैसा र बिक्रीदर १७६ रुपियाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ २३ पैसा र बिक्रीदर २०७ रुपियाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ४१ पैसा र बिक्रीदर १८८ रुपियाँ १४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ९५ पैसा र बिक्रीदर १०८ रुपियाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ८३ पैसा र बिक्रीदर ११० रुपियाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ १२ पैसा र बिक्रीदर ११९ रुपियाँ ५९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६० पैसा र बिक्रीदर २२ रुपियाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५९ पैसा र बिक्रीदर ४० रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ८२ पैसा र बिक्रीदर ४१ रुपियाँ ९८ पैसा कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)