शनिबार र आइतबार १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो
nagariknews.nagariknetwork.com · Mon Aug 17 00:57:31 GMT 2026

नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अतिआवश्यक उपभोक्ताका लागि १६ हजार ३०० बढी सिलिन्डर ग्यास बिक्री वितरण गरिएको छ।
विक्रेताबाट सहजै ग्यास नपाइएको गुनासो बढेपछि निगमले काठमाडौं र भक्तपुरका १० स्थानबाट विभिन्न कम्पनीको ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको थियो। शनिबार काठमाडौंको टेकु, बबरमहल, चाबहिल, कीर्तिपुर र वसुन्धारामा ग्यास बिक्री वितरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)