साउनमै देखियो बजेट कार्यान्वयनको सुस्ती, राजस्व संकलन ५.८४ प्रतिशत हुँदा पुँजीगत खर्च ०.३१ प्रतिशत मात्रै
aarthiknews.com

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको पहिलो महिनामै सरकारको राजस्व संकलन र पुँजीगत खर्चबीच ठूलो अन्तर देखिएको छ। साउन मसान्तसम्म सरकारले ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो वार्षिक राजस्व लक्ष्यको ५.८४ प्रतिशत हो। तर विकास निर्माणतर्फ जाने पुँजीगत खर्च भने १३ अर्ब २८ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ। यो वार्षिक पुँजीगत बजेटको ०.३१ प्रतिशत मात्रै हो।
महालेखा नियन्त्रक कार्यालयको साउन ३१ गतेसम्मको दैनिक बजेटरी तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। त्यसको तुलनामा पहिलो महिनामै ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ संकलन भएको हो। साउन ३१ गते मात्रै ४ अर्ब १३ करोड ७ लाख रुपैयाँ राजस्व थपिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)