इरानमाथि आर्थिक दबाब बढाउन ट्रम्पको निशानामा चीन ? तेहरानको तेल व्यापार रोक्ने प्रयास तीव्र हुने संकेत
aarthiknews.com

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि आर्थिक दबाब थप कडा बनाउने रणनीति अघि बढाइरहेको संकेत देखिएको छ। यस क्रममा इरानसँग ठूलो मात्रामा तेल व्यापार गर्ने चीनका कम्पनी, स्वतन्त्र रिफाइनरी तथा वित्तीय संस्थामाथि समेत अमेरिकी प्रतिबन्धको जोखिम बढेको छ।
अमेरिकी रणनीतिको मुख्य उद्देश्य इरानको तेलबाट प्राप्त हुने आम्दानीलाई सीमित गर्नु र त्यसबाट सैन्य तथा अन्य गतिविधिका लागि हुने वित्तीय स्रोत कमजोर बनाउनु रहेको देखिन्छ। इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता चीन भएकाले अमेरिकी कदमको प्रत्यक्ष असर बेइजिङमाथि पर्न सक्ने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)