८४ अर्ब ३३ करोड पुग्यो मध्यपहाडी राजमार्गको लागत अनुमान
kendrabindu.com · Mon Aug 17 03:07:06 GMT 2026

काठमाडौं । मुलुकको मध्यपहाडी भूभागका जिल्लालाई यातायात सञ्जालमा जोड्न सुरु गरिएको ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’ को लागत अनुमान ८४ अर्ब ३३ करोड पुगेको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार लोकमार्ग निर्माण गर्न सुरुमा अनुमान गरिएकोभन्दा यो रकम ५१ अर्ब रुपैयाँभन्दा धेरै बढी रहेको छ ।
सुरुवाती लागत ३३ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । मध्यपहाडलाई पूर्व–पश्चिम जोड्ने यो आयोजना आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएको हो । सुरुमा आव २०७४/७५ मा सम्पन्न गर्ने गरी सरकारले आयोजना थालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)