आईसीसीबाट प्राप्त रकमले क्रिकेट मैदानका उपकरण खरिद गर्दै क्यान, बोलपत्र आह्वान
onlinekhabar.com · Mon Aug 17 02:59:21 GMT 2026
१ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्राप्त फन्डमार्फत क्रिकेट संघ नेपाल (क्यान) ले विभिन्न क्रिकेट मैदानका उपकरण खरिद गर्ने भएको छ ।
क्यानले सोमबार सूचना जारी गर्दै विभिन्न ग्राउन्ड उपकरण खरिदका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो । आईसीसीबाट प्राप्त रकममध्ये केही रकम उक्त उपकरण खरिदका लागि खर्च गर्ने क्यानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)