सरकार ‘ढाल्ने’ धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका भित्री कुरा
clickmandu.com · Mon Aug 17 03:13:21 GMT 2026

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू र पूर्व अर्थमन्त्री वर्षमान पुनज्यूले सार्वजनिक रुपमा पटक-पटक उहाँहरुको ‘पछिल्लो सरकार बिचौलियाले चाहेको व्यक्ति धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नगरेका कारण ढलेको हो’ भन्दै आउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का उच्च पदाधिकारीहरुले नै ‘धितोपत्र बोर्डको नेतृत्वसँग सम्बन्ध रहेको दाबी गर्ने बिचौलियाहरूले रोकिएका जलविद्युत कम्पनीहरूको आईपीओ स्वीकृत गराउन ठूलो रकम कमिसन मागेको’ भन्दै सार्वजनिक आरोप लगाउनुले सो पदको नियुक्तिमा कत्ति रकमको डिल भएको होला ? हामी अनुमान मात्र गर्न सक्छौं ।
डा. रेवतबहादुर कार्कीज्यू पछि नियुक्त तीनैजना धितोपत्र बोर्डका अध्यक्षहरुको कार्यकालमा भएका केही गतिविधिहरुले सुशासनमा गम्भीर र प्रश्न उठाएको कुरा धितोपत्र बजारमा चासो राख्ने धेरैलाई थाहै हुनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)