आन्तरिक विषय बजारमा ल्याएर तमासा देखाउनु उचित होइन: ओली
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका आन्तरिक विषयहरू सामाजिक सञ्जालमा छताछुल्ल पार्ने र सार्वजनिक रूपमा हस्ताक्षर संकलन गर्ने गतिविधि अनुशासनहीनता र अराजकता भएको बताएका छन्।
झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको विधि र पद्धतिबाहिर गएर गरिने कुनै पनि क्रियाकलाप सह्य नहुने स्पष्ट पारे। नेतृत्वसँग असन्तुष्टि वा परिवर्तन गर्नुपर्ने अवस्था आएमा पार्टीका आधिकारिक कमिटीहरूमा छलफल गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा लेखेर वा बाहिर हस्ताक्षर गरेर अध्यक्ष हटाउने शैली पार्टीको पद्धतिभित्र नपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)