आजदेखि सबै म्यानपावर कम्पनी बन्द, हजारौं श्रमिक प्रभावित
ajakoartha.com · Mon Aug 17 04:02:00 GMT 2026

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै आज (सोमबार)देखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनीको काम–कारोबार पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ ।
संघले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत ठप्प पार्ने जनाएको छ । आफ्ना माग सम्बोधन गर्न सरकारलाई पटक–पटक आग्रह गर्दा पनि आवश्यक पहल नभएको भन्दै आन्दोलनलाई थप कडा बनाउँदै पूर्ण रूपमा सेवा बन्द गर्ने निर्णय गरिएको संघले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)