लेन्सलाई सुपर कप, पिएसजीको चार वर्षे दबदबा तोडियो
arthasansar.com · Mon Aug 17 04:33:53 GMT 2026
फ्लोरियन थाउभिनको पहिलो हाफको गोल निर्णायक बनेपछि लेन्सले १० खेलाडीमा सीमित हुँदै पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले पराजित गर्दै पहिलोपटक सुपर कप (ट्रोफे डेस च्याम्पियन्स) को उपाधि जितेको छ। कुप डे फ्रान्सको गत सिजनको विजेता लेन्सका लागि थाउभिनले ३२औं मिनेटमा गोल गरे। तर, त्यसको ७ मिनेटपछि किलियन एन्टोनियोले सिधै रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा सीमित भयो।
पिएसजीले सुरुआतदेखि नै आक्रमणलाई तीव्रता दिए पनि गोल गर्न सकेन। ख्भिचा क्वारात्स्खेलियाको प्रारम्भिक प्रहार लेन्सका गोलरक्षकले बचाए भने माग्नेस अक्लिउसको प्रहार लक्ष्यभन्दा बाहिर गयो। ३२औं मिनेटमा माथ्यु उडोलको प्रहार कमजोर हुँदै बाहिरिएपछि आएको बलमा थाउभिनले अवसर पाए। उनले पिएसजीका गोलरक्षक माट्भे सफोनोभलाई छलाउँदै गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)