चिनीको मूल्य बढ्यो, संसद्को उपभोक्ता समितिको बैठक स्थगित
kendrabindu.com · Mon Aug 17 04:37:28 GMT 2026
काठमाडौं । चिनीको सहज आपूर्तिका सम्बन्धमा छलफल गर्ने गरी तय भएको संसदीय समितिको बैठक स्थगित भएको छ । प्रतिनिधिसभा अन्तर्गत्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यो विषयमा छलफल गर्न आज बिहान १० बजे बैठक राखेको थियो ।
जहाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी आमन्त्रित थिए । संसदीय समितिका समिति सदस्यहरूका अलावा चिनीको सहज आपूर्तिसँग सम्बन्धित सरोकारवालाहरू पनि रहने भनिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)