लेन्सलाई पहिलोपटक फ्रेन्च सुपर कपको उपाधि
kendrabindu.com · Mon Aug 17 04:44:31 GMT 2026
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले स्तब्ध पार्दै लेन्स फ्रेन्च सुपर कपको च्याम्पियन बनेको छ । लेन्सले पहिलोपटक फ्रेन्च सुपर कपको उपाधि उचालेको हो ।
आइतबार कप्तान फ्लोरियन थाउभिनले गरेको एकमात्र गोल लेन्सलाई उपाधि दिलाउन पर्याप्त बन्यो । उनले ३२औँ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको ३९औँ मिनेटमा केलियन एन्टोनिओले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि लेन्स १० खेलाडीमा समेटिएको थियो। तर, पीएसजीले त्यसको फाइदा लिन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)