सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै
khabarhub.com · Mon Aug 17 05:23:49 GMT 2026

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ १ गते अर्थात् भदौ सङ्क्रान्तिका दिन मनाइने यो पर्व सुदूरपश्चिमको मौलिक पर्व हो । मौलिक लोकसंस्कृति र सांस्कृतिक परम्पराले समृद्ध सुदूरपश्चिममा विभिन्न लोकपर्व परम्परादेखि चलिआएका छन् ।
भदौ सङ्क्रान्तिका दिन उल्लासका साथ मनाइने ओल्के पर्व पनि सुदूरपश्चिमको एक महत्वपूर्ण लोक पर्व हो । परम्परागत रुपमा भदौ १ गतेका दिन पहिलो पटक देवतालाई नयाँ अन्न र फलफूल चढाएर मात्रै खाने चलन रहिआएको छ । यसै सङ्क्रान्तिका दिन अन्न ओल्कोका रुपमा चढाइने भएकाले यो सङ्क्रान्तिलाई ओल्के सङ्क्रान्ति भनिएको सुदूरपश्चिमको लोकसंस्कृतिका जानकार कविराज भट्टले बताए । उनका अनुसार ओल्के शब्दको अर्थ ‘कोसेली’ हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)