जापनिज एजुकेसन ग्रुप फुटसलमा न्यु होराइजन च्याम्पियन
ratopati.com · Mon Aug 17 05:25:54 GMT 2026
काठमाडौँ । पहिलो संस्करणको जापनिज एजुकेसन ग्रुप फुटसल प्रतियोगितामा न्यु होराइजन माइग्रेसनल एन्ड एजुकेशन प्राल ि च्याम्पियन भएको छ । काठमाडौँको बुढानीलकण्ठमा रहेको कपअन स्पोर्टस् सेन्टरमा आइतबार भएको प्रतियोगितामा न्यु होराइजन च्याम्पियन बनेको हो ।
जापनिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु होराइजनले तिरुपाती एचआर सोलुसन प्रालिलाई ६–० गोलले हरायो । न्यु होराइजनका सुदीप लिम्बूले ह्याट्रिक पूरा गरे । टीका मगर र अनमोल राईले समान एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)