रहेनन् जनकवि दुर्गालाल श्रेष्ठ
ratopati.com · Mon Aug 17 06:02:51 GMT 2026

काठमाडौँ । गीतकार तथा जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ । ९३ वर्षका उनको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको साहित्यकार तथा चलचित्र समीक्षक प्रकाश सायमीले जानकारी दिए ।
केही समयदेखि बिरामी रहेका उनी पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा सक्रिय थिए । उनले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँग अन्य विधामा पनि कलम चलाएका छन् । नेपाल भाषा परिषद्ले दुई दशक अगाडि उनलाई जनकविको उपाधिबाट सम्मानित गरेको थियो । उनका नेपाल भाषाका एक दर्जन भन्दा बढी कृति प्रकाशित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)