वर्षासँगै ९ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
nagariknews.nagariknetwork.com · Mon Aug 17 06:01:37 GMT 2026

लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो, सडक भासिने तथा नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीद्वारा आज यहाँ जारी सूचनाका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधनको आवतजावत रोकिएको छ। बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने यातायात सञ्चालन गर्न दिइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)