कारागारमा क्षमताभन्दा ४३ प्रतिशत धेरै कैदीबन्दी
ratopati.com · Mon Aug 17 06:08:03 GMT 2026

काठमाडौँ । मुलुकभर ७३ वटा कारागार छन् । अदालतबाट कैद सजाय भएका कैदी र पुर्पक्षका लागि थुनामा राख्न आदेश भएका थुनुवालाई कारागारमा राख्ने गरिन्छ । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार देशभरका कारागारमा अहिले २७ हजार ७९८ जना कैदीबन्दी छन् ।
सरकारले कैदीबन्दीको चाप घटाउन जेल प्रणालीमा नयाँ प्रयोग गर्दै थुनामा रहेका कैदीबन्दीलाई प्यारोलमा राख्दै आएको छ । २०८१ देखि अदालतको फैसला अनुसार थुनामा रहेका कैदीहरूलाई प्यारोलमा राख्न थालिएको थियो । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन–०७४ अनुसार कैदीबन्दीहरू प्यारोल बोर्डको निर्णय अनुसार थुना बाहिर बस्न पाउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)