पेट्रोलियम पदार्थको करविरुद्ध पाकिस्तानमा प्रदर्शन
lokaantar.com

पाकिस्तानमा उच्च पेट्रोलियम लेभीका कारण देशैभर पेट्रोलियम पदार्थको मूल्य आकासिएको विरोधमा एउटा धार्मिक-राजनीतिक दल (जमात-ए-इस्लाम)ले कराची, लाहोर, पेसवार र क्वेटा सहरमा देशव्यापी रूपमा धर्ना तथा प्रदर्शन गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको चालु ऋण कार्यक्रमअन्तर्गत गरिएको प्रतिबद्धताअनुरूप पाकिस्तानले पेट्रोलियम लेभी लागू गरेको हो।
पछिल्लो सरकारी सूचनाअनुसार पेट्रोलमा करिब ११४ प्रतिलिटर र डिजेलमा करिब १०० प्रतिलिटर कर लाग्दै आएको छ, जसमा पेट्रोलमा ८० रुपैयाँ र डिजेलमा ७७.२८ रुपैयाँ प्रतिलिटर लेभी समावेश छ। यसबाहेक दुवै इन्धनमा थप ५ रुपैयाँ प्रतिलिटर ‘जलवायु सहयोग शुल्क’ समेत लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)