जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर
arthasansar.com · Mon Aug 17 06:25:41 GMT 2026

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । संस्थाले खुला प्रतियोगितात्मक प्रक्रियामार्फत सीईओ नियुक्त गर्न लागेको हो ।
रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो । संस्थाको कार्यक्षेत्र पूर्वको पर्सादेखि पश्चिम कञ्चनपुरसम्मका तराईका ११ जिल्ला र पहाडका ८ जिल्ला गरी १९ जिल्लामा रहेको छ । संस्थाको सीईओ पद रिक्त रहेकाले पदपूर्तिका लागि आवेदन खुलाइएको हो। इच्छुक उम्मेदवारले नेपाल राष्ट्र बैंकले तोकेको विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्था वा सामुदायिक वित्तीय सेवा सम्बन्धी क्षेत्रमा व्यवस्थापकीय श्रेणीमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्नेछ । त्यस्तै, स्नातक उपाधि हासिल गरेका उम्मेदवारको हकमा सोही क्षेत्रमा कम्तीमा १० वर्ष व्यवस्थापकीय अनुभव आवश्यक पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)