‘गौँथली’को व्यापार २३ करोडको आँकडा, बेच्यो ८ लाख ५५ हजार ७५२ वटा टिकट
himalpress.com · Mon Aug 17 06:33:29 GMT 2026

काठमाडौँ- फिल्म ‘गौँथली’ले २३ करोडको आँकडा पार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः विवरणमा फिल्मको कमाइ २३ करोड ५५ लाख १२ हजार ५०२ रुपैयाँ ग्रस देखिएको छ । फिल्मको यो कमाइ ३१ साउनसम्मको हो । उक्त अवधिसम्म फिल्मका ८ लाख ५५ हजार ७५२ वटा टिकट बिक्री भएका छन् ।
फिल्मले पछिल्लो ७ दिनमा मात्र ३ करोड ८४ लाखभन्दा बढी कमाएको देखिन्छ । फिल्मको अघिल्लो आइतबार (२४ साउन)सम्मको कमाइ १९ करोड ७१ लाख ६ हजार ५ रुपैयाँ थियो । यसले फिल्मको व्यापारिक रफ्तार अझै आक्रामक रहेको देखाउँछ । फिल्मले ‘टक्सिक’ रिलिजअघि अर्थात् १० भदौसम्म २५ करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)