नाइमा एक्स्पो २०२६ मा पनि उत्साहजनक सहभागिता, १ लाख ८० हजारभन्दा बढीले गरे अवलोकन
kendrabindu.com · Mon Aug 17 06:38:42 GMT 2026

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित आज समापन भएको हो ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको मेलाको समापनका दिन आज ३० हजारभन्दा बढीले अवलोकन गरेका छन् । त्यस्तै एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार तथा पाँचौँ दिन शनिबार ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए । नाइमाले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)