‘साम्राज्य’मा सौगात र दयाहाङपछि नाजिर अनुबन्ध
kendrabindu.com · Mon Aug 17 06:39:42 GMT 2026

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा भर्सटाइल अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गराएका छन् । अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि मुख्य भूमिकामा नाजिरले यो सिनेमामा प्रवेश गरेका हुन् ।
नाजिरसँग सौरभले यसअघि पनि सहकार्य गरिसकेका छन् । सौगातको ‘अगस्त्य’मा नाजिरले काम गरेका थिए । “नाजिर आफैँमा भर्सटाइल अभिनेता हुन् । हामीले अब्बल कलाकार लिने क्रममा नाजिरसँग पनि यो चलचित्रमा सहकार्य गर्ने भएका छौँ,” निर्देशक सौरभ भन्छन्, “सौगात र दयाहाङ जस्तै नाजिरलाई पनि यो चलचित्रमा एक मुख्य कलाकारका रूपमा देख्न सकिनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)