झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्यो, स्थलगत अध्ययन टोली परिचालन
bishowkhabar.com · Mon Aug 17 06:39:53 GMT 2026

काठमाडौं– झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दै गएपछि जिल्लाको पछिल्लो अवस्थाबारे अध्ययन गर्न स्थलगत अध्ययन टोली परिचालन गरिएको छ । पछिल्लो चार महिनामा जिल्लामा १० जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको र संक्रमितमध्ये पाँच जनाको मृत्यु भएपछि जोखिमको अवस्था अध्ययन गर्न टोली परिचालन गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार स्थलगत अध्ययन टोलीमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसहित स्वास्थ्य शाखा प्रमुख, जिल्ला निगरानी सम्पर्क व्यक्ति तथा खोपसम्बन्धी चिकित्सक सहभागी छन् । टोलीले जिल्लामा जापानिज इन्सेफ्लाइटिस संक्रमणको अवस्था, सम्भावित जोखिमका कारण, वातावरणीय अवस्था तथा समुदायको अवस्थाबारे अध्ययन गर्नेछ। अध्ययनबाट प्राप्त तथ्यका आधारमा संक्रमण रोकथाम तथा नियन्त्रणका थप उपाय अघि बढाइने स्वास्थ्य कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)