नेतान्याहुले अस्वीकार गरे ट्रम्पको योजना, यूएईसहित आठ देश रुष्ट
baahrakhari.com · Mon Aug 17 06:44:50 GMT 2026

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित गाजा शान्ति योजना अस्वीकार गरेका छन् । ट्रम्पको शान्ति योजना अस्वीकार गरेको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई) सहित आठ देशले इजरायलको आलोचना गरेका छन् ।
यूएई, कतार, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, साउदी अरब र इजिप्टका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । हमासको निःशस्त्रीकरण नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने भन्दै नेतान्याहुले प्रस्तावित १५–बुँदे शान्ति योजना अस्वीकार गरेको एक सातापछि संयुक्त वक्तव्य आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)