सरकार र म्यानपावर व्यवसायीबीच के-के भयो सहमति ?
kendrabindu.com · Mon Aug 17 06:50:13 GMT 2026

काठमाडौं। वैदेशिक रोजगार व्यवसायीले राखेका विभिन्न माग सम्बोधन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र व्यवसायीबीच सहमति भएको छ । सहमतिपछि व्यवसायीले घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
मन्त्रालयमा आज भएको छलफलमा व्यवसायीका १५बुँदे मागमध्ये अधिकांश विषयलाई ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीले जानकारी दिए । उनका अनुसार सहमतिसँगै व्यवसायीले भोलिदेखि नियमितरूपमा कार्यालय सञ्चालन गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)