झापामा जापानिज इन्सेफ्लाइटिसको अध्ययन गर्न स्थलगत टोली परिचालन
barnanmedia.com · Mon Aug 17 06:55:08 GMT 2026

झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण बढ्दै गएपछि जिल्लाको पछिल्लो अवस्था अध्ययन गर्न स्थलगत टोली परिचालन गरिएको छ । जिल्लामा पछिल्लो चार महिनामा १० जनामा सङ्क्रमण पुष्टि भएको र सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएपछि सङ्क्रमणको अवस्था, वातावरणीय जोखिम तथा समुदायको अवस्थाबारे अध्ययन गर्न टोली परिचालन गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार स्थलगत अध्ययनका लागि परिचालन गरिएको टोलीमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसहित स्वास्थ्य शाखा प्रमुख, जिल्ला निगरानी सम्पर्क व्यक्ति तथा खोपसम्बन्धी चिकित्सक सहभागी छन् । टोलीले जिल्लामा जेई सङ्क्रमणको अवस्था र जोखिमका सम्भावित कारण पहिचान गरी आवश्यक रोकथाम तथा नियन्त्रणका उपाय अघि बढाउने तयारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)