नेकपाले मुख्यमन्त्री बानियाँको विपक्षमा मतदान गर्ने
ratopati.com · Mon Aug 17 07:32:59 GMT 2026

हेटौँडा । नेकपाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत नदिने भएको छ । नेकपा बागमती प्रदेशको संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने संसदीय दलको निर्णय भएको छ । सोही निर्णय अनुसार सबै सांसदहरूलाई निर्देशन समेत गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)