कुमारी बैङ्कको मोबाइल बैङ्किङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैङ्किङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराएको छ। आर्थिक वर्ष २०८३-८४ को बजेट मार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन तथा वित्तीय पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
यस सुविधा मार्फत कुमारी बैङ्कका ग्राहकहरूले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्युआर मार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् । ग्राहकहरूले कुमारी स्मार्ट मोबाइल बैङ्किङ एपको आईआरडी प्रोत्साहन कार्यक्रम मेनु मार्फत योग्य कारोबारहरूको सङ्ख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त गरेको अवस्था समेत सजिलै हेर्न सक्नेछन्। यसले ग्राहकहरूलाई डिजिटल भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन तथा औपचारिक कारोबारलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)