इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
corporatenepal.com · Mon Aug 17 07:33:55 GMT 2026

इन्डोनेसिया । पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब १२ हजार ८०० मानिस विस्थापित भएका छन् । घरहरू क्षतिग्रस्त भएपछि हजारौँ बासिन्दा विद्यालय, प्रहरी चौकी र सरकारी कार्यालयमा आश्रय लिएर आवश्यक राहतको पर्खाइमा छन् ।
सात दशमलव सात म्याग्निच्युडको भूकम्पमा ५३ जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् । हालसम्म कोही बेपत्ता भएको सूचना नआए पनि उद्धार तथा खोजी कार्य जारी रहेको अधिकारीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)