वैदेशिक रोजगार व्यवसायीसँग सहमति, आन्दोलनका कार्यक्रम स्थगित
canadanepal.com · Mon Aug 17 07:36:06 GMT 2026

काठमाडौँ - वैदेशिक रोजगार व्यवसायी संघले १५ बुँदे माग राख्दै साउन २२ गतेदेखि सञ्चालन गर्दै आएको दबाबमूलक कार्यक्रम अन्त्य गर्ने भएको छ। संघले भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउने कार्य रोक्ने घोषणा गरेपछि मन्त्रालयसँग भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो।
युवा, श्रम तथा रोजगार मन्त्रालयमा मन्त्री, सचिव तथा संघका अध्यक्ष, सल्लाहकारलगायत पदाधिकारीबीच भएको छलफलमा संघले उठाएका अधिकांश माग नीतिगत प्रकृतिका रहेको र ती विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियामा समेटिएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)