प्रतिनिधि सभामा चारओटा विधेयक प्रस्तुत हुँदै [लाइभ]
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज दिउँसो सिंहदरबारमा बस्दैछ। यसै क्रममा प्रतिनिधि सभाको बैठक सुरु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् भने उनले नै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)