पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न आदेश
arthasansar.com · Mon Aug 17 07:42:50 GMT 2026

अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । प्रहरीको मागबमोजिम काठमाडौं जिल्ला अदालतले श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
योसँगै अदालतले श्रेष्ठमाथि अनुसन्धानका लागि दोस्रोपटक म्याद थप गरेको छ । गत बुधबार राति पक्राउ परेका श्रेष्ठलाई अदालतले यसअघि तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि प्रहरीले थप अनुसन्धानका लागि म्याद थप गर्न माग गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)