संसद्लाई सम्बोधन पछि मुख्यमन्त्री बानियाँले राजीनामा गर्ने
ratopati.com · Mon Aug 17 07:53:22 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद्लाई सम्बोधन गरेर मार्ग प्रशस्त गर्ने भएका छन् । सरकार टिकाउन आवश्यक सङ्ख्यामा सांसदहरूको समर्थन नपाउने भएपछि मुख्यमन्त्री बानियाँले संसद्लाई सम्बोधन गरेर मार्ग प्रशस्त गर्ने भएका हुन् ।
सोमबार हेटौँडामा बसेको कांग्रेस बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँले प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर मार्ग प्रशस्त गर्ने निर्णय गरेको हो । बैठकले सरकार र आगामी कार्य योजनाको निर्णय गर्ने अधिकार समेत मुख्यमन्त्री बानियाँलाई जिम्मा दिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)