सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिएपछि मात्र मन्त्रीको टुंगो लगाउने
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिएपछि मात्र बाँकी मन्त्रीहरूको टुंगो लगाउने निर्णय गरेका छन्। मन्त्री चयनमा असहमति र आकांक्षीहरूको व्यवस्थापनमा देखिएको समस्याका कारण सरकारलाई पूर्णता दिने कार्य पछि धकेलिएको हो। विश्वासको मत प्रयोजनका लागि भदौ २ गते प्रदेश सभा बैठक बोलाउने तयारी भइरहेको छ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा साविकका तीनवटै घटक (माओवादी, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी) लाई एक-एक मन्त्री दिने आन्तरिक सहमति भए पनि मन्त्रीका आकांक्षी र मन्त्रालयको बाँडफाँटमा सहमति जुट्न सकेको छैन। सबै समूहले भौतिक पूर्वाधार विकास मन्त्रालय दाबी गरेपछि मन्त्री छनोट झनै पेचिलो बनेको छ। पार्टी केन्द्रले नै अहिले मन्त्री चयनको काम रोक्न भनेकोले र पहिले विश्वासको मत लिएर मात्र मन्त्री टुंग्याउन सुझाइएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला सहइन्चार्ज लक्षीराम आचार्यले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)