काभ्रेको स्याउलीथलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु
annapurnapost.com · Mon Aug 17 07:56:31 GMT 2026

काभ्रे : काभ्रेको खानीखोला गाउँपालिका–१, स्याउलीथलीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। तालढुङ्गाबाट पनौतीतर्फ आउँदै गरेको बा १८ च २४२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार दुर्घटनास्थलमा प्रहरी टोली खटाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)