संसद्मा उपस्थित भएर प्रश्नको जबाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रूलिङ
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। संसद्मा उपस्थित भएर प्रश्नको जबाफ दिन प्रधानमन्त्री वालेन्द्र साहलाई सभामुख डोलप्रसाद अर्यालले रूलिङ गरेका छन्। प्रतिनिधि सभाको बैठक शुरु हुनेबित्तिकै सभामुख अर्यालले प्रधानमन्त्री साहलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन निर्देशनात्मक रूलिङ गरेका हुन्।
प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै विपक्षी दलका सांसदहरूले गर्दै आएको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै सभामुख अर्यालले उक्त रूलिङ गरे। नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम बैठकमा उपस्थित भई सदस्यहरूको प्रश्नको जबाफ दिन उनले प्रधानमन्त्रीलाई निर्देश गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)