विद्युत प्राधिकरणको नाफा ५८.६० प्रतिशतले घट्यो
bishowkhabar.com · Mon Aug 17 07:57:10 GMT 2026

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत प्राधिकरणको नाफा उल्लेख्य रूपमा घटेको छ। प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको हो ।
यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ५८/६० प्रतिशत कम हो। आर्थिक वर्ष २०८१र८२ मा प्राधिकरणले करअघि १२ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको थियो। सो वर्ष प्राधिकरणको खुद नाफा ८ अर्ब ९१ करोड रुपैयाँ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)