त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
ratopati.com · Mon Aug 17 08:03:19 GMT 2026

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नेपाल वायुसेवा निगमका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ–२६ बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे छिन् । उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए ।
तोकिएको भन्दा धेरै विदेशी मुद्रा बोकेर उनीहरू मलेसिया जान लागेको भेटिएको छ । राष्ट्र बैङ्कको मापदण्ड अनुसार ५ हजार डलर भन्दा धेरै विदेशी मुद्रा लैजान पाइँदैन । प्रहरीले बज्राचार्यको साथबाट १२ हजार ३ सय ७२ मलेसियन रिंगेट र ४ हजार ३ सय अमेरिकी डलर बरामद गरेको छ । पाण्डेको साथबाट प्रहरीले ४२ सय अमेरिकी डलर र १२ हजार ३२८ रिंगेट बरामद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)