ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
ajakoartha.com · Mon Aug 17 08:03:00 GMT 2026

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको जनाएको हो ।
हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल आयल निगमको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको पाइएको भनी सार्वजनिक टिप्पणी गरिएको थियो । त्यसप्रति प्रतिक्रिया जनाउँदै चेम्बरले पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुनु स्वाभाविक रहेको स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)