रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ मा बस्दै
kendrabindu.com · Mon Aug 17 08:11:31 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक आह्वान गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा भदौ ५ गते बैठक बस्ने भएको हो।
बैठकमा पार्टीका विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनको प्रस्ताव पेस गरी अनुमोदन गर्ने तयारी गरिएको छ। रास्वपामा हाल एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन हुन बाँकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)