झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती
barnanmedia.com · Mon Aug 17 08:05:48 GMT 2026

१ भदौ, वालिङ । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गरेका छन् । उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएको हो । यतिखेर सार्की परिवारको जीवन गुजाराको आधार अकबरे खुर्सानी खेती बनेको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–१३ रियालेका बाँदरले नखाने, बजार मूल्य राम्रो भएको र खेती गर्न सरल हुने भएकाले उनले अकबरे खुर्सानीको व्यावसायिक खेती गरेको हो । “१५ रोपनी जग्गामा १५ हजार अकबरेका बोटहरु लगाएको छु,” उनले भने, “अहिले त आम्दानी लिन थालिसकेको छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)