धुलिखेल अस्पतालमा आजदेखि स्वास्थ्य बिमा सेवा पुनः सुरु
bishowkhabar.com · Mon Aug 17 08:24:20 GMT 2026

काठमाडौं– धुलिखेल अस्पतालमा आजदेखि स्वास्थ्य बिमा सेवा पुनः सञ्चालनमा आएको छ। अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट पाउनुपर्ने करिब ८ करोड रुपैयाँ भुक्तानी प्राप्त गरेपछि बिमा सेवा पुनः सुरु गरेको हो ।
अस्पतालले बोर्डबाट सेवा प्रदान गरेबापत पाउनुपर्ने भुक्तानी रोकिएपछि गत असार १५ गतेदेखि स्वास्थ्य बिमा सेवा पूर्ण रूपमा स्थगित गरेको थियो । स्वास्थ्य बिमा बोर्डसँगको समन्वयमा अस्पतालले हाल बीमितका लागि बहिरङ्ग सेवा अर्थात् ओपीडीमार्फत बिमा सेवा सुरु गरेको जनाएको छ। ओपीडीबाहेकका अन्य सेवा भने तत्काल स्वास्थ्य बिमाअन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)