गृहमन्त्रीलाई सांसद गैरेको सुझाव : थाके आलोपालो गर्दा हुन्छ
ratopati.com · Mon Aug 17 08:33:27 GMT 2026

काठमाडौँ । राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले गृहमन्त्री सुधन गुरुङले अघिल्लो बैठकमा सात महिना दुःख गर्दा सारै थाकेको बताएको भन्दै थाकेदेखि आलोपालो गर्न सुझा दिएकी छन् ।
सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद गैरेले जनताप्रति वर्तमान सरकार उत्तरदायी हुन नसकेको बताउँदै मन्त्रीहरू थाके आलोपालो गर्न सुझाव दिएकी हुन् । ‘सरकार र प्रधानमन्त्री उत्तरदायी हुनुपर्यो’, उनले भनिन्, ‘अस्ति यही रोष्ट्रमबाट गृहमन्त्रीले भन्नुभयो–मैले ७ महिना दुख गरेँ, सात महिना दुख गर्दा असाध्यै थाकेको हो भने उहाँहरूकै बहुमत छ आलोपालो गरे भैगो नि १ किन यतिसारो गुनासो गर्नुपर्यो र ?’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)