१० वर्षसम्म डेडिकेटेड लाइनको विवाद नसुल्झिनु मुलुककै कमजोरी : अञ्जन श्रेष्ठ
ratopati.com · Mon Aug 17 08:38:15 GMT 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले एक दशकदेखि अल्झिरहेको डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । एउटै समस्या १० वर्षसम्म नसुल्झिनु मुलुककै असक्षमता भएको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्ता विवादले समाजमा व्यवसायीप्रति विनाकारण नकारात्मक सन्देश प्रवाह भइरहेको बताएका हुन् । अध्यक्ष श्रेष्ठले उद्योगहरूमाथि एक्कासि थोपरिने पुरानो महसुलप्रति पनि असन्तुष्टि जनाए । पछिल्लो समय पानी उद्योगहरूमा यस्तो समस्या देखिएको प्रसङ्ग औँल्याउँदै उनले भने, ‘व्यवसायीले तत्कालीन लागतका आधारमा वस्तुको मूल्य तय गरेर बेचिसकेका हुन्छन्। अहिले आएर पुरानो बिलको भार बोकाउनु न्यायोचित हुँदैन। तत्कालीन नीति समयमै लागू गर्न नसक्नु सरकारी निकायको पनि कमजोरी हो।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)