क्लासिक टेक बन्यो नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको इन्टरनेट सेवा प्रदायक
emountaintv.com · Mon Aug 17 08:48:53 GMT 2026
काठमाडौँ ।
सबैभन्दा तीव्र गतिमा बढ्ने इन्टरनेट सेवा प्रदायकको सुचीमा क्लासिक टेक, ग्राहक सङ्ख्यामा समेत वृद्धि काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार क्लासिक टेक प्रालि. पछिल्लो एक वर्षमा ग्राहक संख्या सबैभन्दा तीव्र गतिमा बढाउने इन्टरनेट सेवा प्रदायक बनेको छ । २०८२ असारदेखि २०८३ असारसम्म क्लासिक टेकका ग्राहक संख्या ५६ प्रतिशतले बढेका प्रतिवेदनले देखाएको छ । ग्राहक वृद्धिदरका आधारमा क्लासिक टेक अन्य प्रमुख इन्टरनेट सेवा प्रदायकभन्दा अगाडि देखिएको छ । सो अवधिमा वाइफाइ नेपालको ग्राहक संख्या ४७ प्रतिशत, नेपाल टेलिकमको १९ प्रतिशत, भायानेटको १७ प्रतिशत, वर्ल्डलिंकको ७ प्रतिशत र डिसहोमको ३ प्रतिशतले बढेको छ। सुबिसुको ग्राहक संख्या भने १० प्रतिशतले घटेको तथ्यांकमा देखिन्छ । ग्राहक संख्याका आधारमा क्लासिक टेक हाल नेपालको पाँचौँ ठूलो इन्टरनेट सेवा प्रदायक रहेको कम्पनीले जनाएको छ । कम्पनीको बजार हिस्सा ८.२० प्रतिशत पुगेको छ । सन् २००९ मा स्थापना भएको क्लासिक टेकले फाइबर ब्रोडब्यान्ड, इन्टरप्राइज कनेक्टिभिटी तथा आईपीटीभी सेवा प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार यसको नेटवर्क ७४ जिल्लामा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)