‘नेपाल ३० अर्बको विद्युत निर्यात गर्न सक्ने अवस्थामा पुग्यो’ : ऊर्जामन्त्री श्रेष्ठ
kalakarmi.com · Mon Aug 17 08:47:56 GMT 2026

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरण ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल झण्डै ३० अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्नसक्ने अवस्थामा पुगेको बताएका छन् । मन्त्री श्रेष्ठले विद्युत उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारको विकाससँगै लाखौँ घरधुरीमा विद्युत सेवा पुर्याउँदै नेपाल विद्युत निर्यातको चरणमा प्रवेश गर्न सफल भएको बताए ।
उनले प्राधिकरणले चार दशकभन्दा लामो अवधिमा नेपालको ऊर्जा विकासमा निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको उल्लेख गरे । ‘यतिबेला झण्डै ३० अर्ब रुपैयाँको विद्युत निर्यात गर्नसक्ने अवस्थामा पुगेका छौँ,’ मन्त्री श्रेष्ठले भने,‘उल्लेखित तथ्यांक केवल उपलब्धिका अंक मात्र होइनन्, यी नेपाल बदलिँदै गरेको प्रमाण पनि हुन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)